काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी ४८ लाख ६६ हजार कायम भएको छ ।
यता, वित्तीय खर्च भने ७८ लाख ९० हजार पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ ऋणात्मक छ । भने नेटवर्थ ६७.८८ रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १९ करोड ६८ लाखले ऋणात्मक छ ।


