CLI

भारतमा सिमेन्ट निर्यात गर्दै आइरहेको पाल्पा सिमेन्ट इण्डष्ट्रीजले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, कस्तो छ कम्पनी ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले मंगलबार, फागुन १२ गतेदेखि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो ।

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोडको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको १०० अंकित दरको ७५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये, कम्पनीले १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बाँडफाँट गरिसकेको छ ।

यता, ५ लाख ६२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि छुट्याइएको छ । साथै, २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री खुला गरिंदैछ ।

यो निष्कासन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने ढिलोमा फागुन २६ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

इन्फोमेरिक्स क्रेडिट रेटिङं नेपाल लिमिटेडले यस कम्पनीलाई [IRN BB+ (Is) [Double B Plus (Issuer) ] प्रमाणपत्र प्रदान गरेको छ । जसले Moderate risk of default regarding timely servicing of financial obligations. Such issuers carry moderate credit risk भन्ने जनाउंदछ । यस क्रेडिट रेटिङको बहाल २०८३ वैशाख २९ गतेसम्म रहने छ ।

कति कित्ताका लागि दिने आवेदन ?

पाल्पा सिमेन्ट इण्डष्ट्रीजलको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा ४ लाख ५० हजार जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला, का.म.न.पा.वडा. नं. ११, सेन्ट्रल बिजनेस पार्क, थापाथली, काठमाडौंमा रहेको छ ।

कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा.वडा. नं. ११, सेन्ट्रल बिजनेस पार्क, थापाथली, काठमाडौंमा रहेको छ । यस कम्पनीको उद्योग स्थल सुनुवल, आदर्स ७, नवलपरासीमा रहेको छ र चुनढुङ्गा खानी लुम्बिनी प्रदेश पाल्पा जिल्ला माथागढी गा.पा. वडा नं.७ रहबासमा रहेको छ ।

पाल्पा सिमेन्टको अध्यक्ष राजेश कुमार अग्रवाल रहेका छन् । यस कम्पनीमा उनको सेयर स्वामित्व १ करोड ८ लाख ३४ हजार कित्ता छ ।संस्थाले 󠄧आ.व २०७८-७९ 󠄧देखि 󠄧भारतमा 󠄧समेत 󠄧आफ्नो 󠄧उत्पादन 󠄧निर्यात 󠄧गर्दै 󠄧आइरहेको 󠄧छ 󠄧। 󠄧यसले आ.व. 󠄧२०८१-८२ आषाढ मसान्तसम्म १ लाख २८ हजार ९५६.१० मे.ट.क्लिंकर र १ लाख ८९ हजार ७४१.७५ मे.ट.सिमेन्ट भारतीय बजारमा निर्यात गरेको छ । यसले तानसेन नामको सिमेन्ट बिक्री गर्छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

पाल्पा सिमेन्ट इण्डष्ट्रीज २०६६ असोज ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको हो । पछि २०७८ असार २१ गते पब्लिक लिमिटेडको रुपमा कम्पनीमा परिणत भएको हो । संगठित संस्थाको स्वामित्वमा रहेको लुम्बिनी प्रदेश पाल्पा जिल्ला माथागढी गा.पा. वडा नं.७ रहबासमा रहेको ५.८५ वर्ग कि.मिमा फैलिएको चुनढुंगा खानीबाट उद्योगलाई आवश्यक पर्ने चुनढुंगा आपुर्ति गर्दै आईरहेको छ ।

संगठित संस्थाले सो चुनढुंगा खानीबाट चुनढुंगा उत्खनन्कार्य गर्नको लागि नेपाल सरकार खानी तथा भू–गर्भ विभागबाट अनुमति पत्र नं. ६-०७३-०७४, २०७३ फागुन ४ गते अनुमति प्राप्त गरेको थियो । र सो अनुमति २१०३ फागुन ३ गतेसम्म बाहल रहनेछ ।

साथै, यस पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको चुनढुङ्गा खनिज उत्खननको लागि जमिन वन क्षेत्रमा पर्ने भएकोले सो क्षेत्र उपलब्ध गराउने र सीमा क्षेत्रमा रहेका रुख बिरुवाहरु हटाउने सम्बन्धमा वन विभाग र पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडकाबीच २०७४ कातिक ११ गते सम्झौता समेत भइसकेको छ । संगठित संस्थाले युरोपियन प्रविधिकबाट निर्मित उच्च स्तरीय Vertical Roller Mill (VRM) ग्रान्डिङ्ग र Rotary Kiln प्रयोग गरेर सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ ।

संस्थाले आ.व. २०७८-७९ देखि भारतमा सिमेन्ट निर्यात गर्ने कार्य सुरु गरेको तथा आजको मितिमा सिमेन्ट तथा क्लिंकर दुबै उत्पादित वस्तु निर्यात गर्ने कार्य गर्दै आइरहेको छ । संगठित संस्थाले भारतमा उपभोग हुने सिमेन्ट निर्यात गर्ने प्रायोजनका लागि भारतको उच्चतम गुणस्तर
मापक संस्था Bureau of Indian Standards (BIS बाट सन् २०२२ हुन १६ तारिक BIS प्रमाणपत्र प्राप्त गरेको थियो । सिमेन्टले शतप्रतिशत लगानी गरेर जम्मा १२ वटा सहायक कम्पनीहरु स्थापना गरेको छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य 

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको आफ्नो जारी पुँजी र ३ अर्ब ७५ करोडको २० प्रतिशत ७५ करोड रुपैयाँ बराबरको १०० अंकित दरका ७५ लाख कित्ता सेयर सर्वसाधारणहरुमा धितोपत्र निष्कासन गर्न लागिएको हो । साथै, निष्कासनबाट प्राप्त रकम कम्पनीले 󠄧आफ्नो 󠄧स्थायी चालु कर्जा भुक्तानीका लागि प्रयोग गर्ने मुख्य उद्देश्य रहेको छ ।

 

वित्तीय अवस्था

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको अधिकृत पुँजी र जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने ३ अर्ब ७५ करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

गत आर्थिक वर्षमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा २९ करोड ७५ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा ३० करोड ५० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । गत वर्ष कम्पनीले ४ अर्ब ११ करोड २० लाख आम्दानी गरेको छ । गत वर्ष यस कम्पनीको जगेडा कोषमा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News