काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपीओमा माग भन्दा ५.६० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार १० बजेर १९ मिनेटसम्म यस कम्पनीको आइपीओमा २ करोड ५२ लाख ३५ हजार ५९० कित्ताका लागि आवेदन परेको छ । २२ लाख ३३ हजार ६४१ जनाले यस कम्पनीको आइपीओमा आवेदन दिएका छन् ।
फागुन १२ गतेदेखि बिक्री खुला भएको यस कम्पनीको आइपीओमा आज शुक्रबार फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।



