CLI

पाल्पा सिमेन्टको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले  शुक्रबार बिहान सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणलाई  ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। नबिल इन्भेष्टमेन्टका अनुसार  कुल २४ लाख १३ हजार ५ सय १७ जनाबाट आवेदन परेकोमा २३ लाख ७६ हजार ७ सय ५  जनाको आवेदन मात्र योग्य रहेको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । जस अनुसार ४ लाख ५० हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

‍बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Leave Your Comment

Related News