काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ अन्तर्गत आज अप्रिल ५ मा दुईवटा खेलहरू हुँदैछन्। आजको पहिलो खेल (म्याच १०) मा सनराइजर्स हैदराबाद ले आफ्नै घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा लखनउ सुपर जाइन्ट्स को सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो ४:०० बजे सुरु हुनेछ ।
त्यस्तै, आजको दोस्रो खेल (म्याच ११) मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ । बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:०० बजे सुरु हुनेछ ।
यस सिजनको आफ्नो पहिलो खेल जितेर उच्च मनोबलमा रहेको बेंगलुरु लगातार दोस्रो जित निकाल्न चाहन्छ, जबकि सुरुवाती दुई खेलमा हार व्यहोरेको चेन्नई यो खेल जितेर अङ्क तालिकामा खाता खोल्ने प्रयासमा रहनेछ । यी दुवै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्क र जियो सिनेमा एपमा उपलब्ध हुनेछ ।


