काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
उक्त सूची अनुरुप जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ खुल्ला सदस्यतर्फ निर्वाचित हुने १२ पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ खुल्ला सदस्यतर्फ निर्वाचित हुने १२ पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला नगर उद्योग वाणिज्य संघ दिपक नेपाल पाँचथर (उद्योग वाणिज्य संघ), राजु न्यौपाने (विर्तामोड उद्योग वाणिज्य संघ ) शंकर गिरी रत्ननगर (उद्योग वाणिज्य संघ) , प्रयास कार्की (उदयपुर उद्योग वाणिज्य संघ), गोकुल श्रेष्ठ (दमक उद्योग वाणिज्य संघ), विष्णु प्रसाद थपथिया (धादिङ उद्योग वाणिज्य संघ) र अर्जुन कुमार श्रेष्ठ (सिन्धुली उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ खुल्ला सदस्यतर्फ तारा बहादुर कार्की (नुवाकेट उद्योग वाणिज्य संघ), सुर्दशन कार्की जिरी (उद्योग वािणज्य संघ), लक्ष्मण राज पौडेल (कोहलपुर उद्योग वाणिज्य संघ), ललितमान बुढा (डोल्पा उद्योग वाणिज्य संघ), सुष्मा महरा श्रेष्ठ (नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं), उज्जवल प्रसाद कसजु (रामपुर उद्योग वाणिज्य संघ), केशव प्रसाद भण्डारी (नवलपरासी उद्योग वाणिज्य संघ), जित बहादुर कार्की (गौरादह उद्योग वाणिज्य संघ), युवराज भण्डारी (बाग्लुङ उद्योग वाणिज्य संघ), छत्रधर आत्रेय लेखनाथ (उद्योग वाणिज्य संघ), हरिप्रसाद अर्याल (बुटवल उद्योग वाणिज्य संघ), दयाराम श्रेष्ठ (ललितपुर उद्योग वाणिज्य संघ), शिव प्रसाद मानन्धर (भक्तपुर उद्योग वाणिज्य संघ), मञ्जु कुमार श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ), मोहन प्रसाद श्रेष्ठ (पाल्पा उद्योग वाणिज्य संघ), सन्तोष खड्का (टिकापुर उद्योग वाणिज्य संघ) र डासु राज पोखरेल (नवलपुर उद्योग वाणिज्य संघ ) उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ महिलातर्फ दुई पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ महिलातर्फ गीता अमात्य (नुवाकेट उद्योग वाणिज्य संघ) ,शनी मैया धौवन्जा (भक्तपुर उद्योग वाणिज्य संघ) र हिरा भट्टराई (पोखरा उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।


