काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
जिल्ला नगर उद्योग वाणिज्य समूह सदस्यमा १४ पदका लागि प्रत्येक प्रदेशबाट दुई पदका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त सूची अनुरुप कोशीमा
कोशीमा ईश्वर लाल चिपालु (इलाम उद्योग वाणिज्य संघ), जिवन पराजुली (उद्योग वाणिज्य संघ इटहरी ), वीरेन्द्र कुमार शाह ( उद्योग वाणिज्य संघ इनरुवा ) र रमेश विश्वकर्मा (त्रियुगा उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेशमाअमर नाथ शाह (सिरहा उद्योग वाणिज्य संघ), विकास कुमार सारडा (जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लहान), बिरेन्द्र प्रसाद शाह (उद्योग वाणिज्य संघ, सर्लाही, मलंगवा ), हरि प्रसाद गौतम (वीरगञ्ज उद्योग वाणिज्य संघ) र मोहन प्रसाद शर्मा (जितपुर सिमरा नगर उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
बाग्मतीमा कुमार खनाल (उद्योग वाणिज्य संघ, खैरहनी ), प्रकाश मानन्धर (काभ्र उद्योग वाणिज्य संघ), राज कुमार न्यौपाने (रसुवा उद्योग वाणिज्य संघ), रामेश्वर मानन्धर (दोलखा उद्योग वाणिज्य संघ) र सविन श्रेष्ठ (ललितपुर उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकीमा चेतनारायण श्रेष्ठ (बालिङगु उद्योग वाणिज्य संघ), प्रविन्द्र कुमार श्रेष्ठ (तनहुँ उद्योग वाणिज्य संघ), सुविन श्रेष्ठ (म्याग्दी उद्योग वाणिज्य संघ), ओम प्रसाद पौडेल (कृष्ण) (मध्यविन्दु उद्योग वाणिज्य संघ) र धर्मराज बस्याल (देवचुली उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बीनीमा टंक बहादुर धामी (नेपालगञ्ज उद्योग वाणिज्य संघ), बाल कृष्ण सुवेदी (रोल्पा उद्योग वाणिज्य संघ) र यज्ञ प्रसाद भट्टराई (कपिलवस्तु उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
कर्णालीमा पदम बहादुर शाही (सुर्खेत उद्योग वाणिज्य संघ), पूरिचन्द्र देवकोटा (जुम्ला उद्योग वाणिज्य संघ) र शान्ति प्रसाद शर्मा (दैलेख उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुदुरपश्चिममा दानबहादुर सुर्मेली (बझाङ उद्योग वाणिज्य संघ), पदमराज चौलागाई (लम्कीचुहा उद्योग वाणिज्य संघ), पिताम्बर जोशी (कञ्चनपुर उद्योग वाणिज्य संघ) र शंकर बहादुर बोगटी (कैलाली उद्योग वाणिज्य संघ)ले उम्मेदवारी दर्ता गराएका हुन् ।


