काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र प्रवल जंग पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ सयपत्री (मेरिगोल्ड) ज्वेर्लस र पाण्डे लोमस फर्मास्यूटिकल प्रा.लितर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ महिलातर्फ दुई पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ महिलातर्फ गीता अमात्य (नुवाकेट उद्योग वाणिज्य संघ) ,शनी मैया धौवन्जा (भक्तपुर उद्योग वाणिज्य संघ) र हिरा भट्टराई (पोखरा उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
महासंघ महिलासदस्यतर्फ एक पदका लागि ले उम्मेदवारी दर्ता गराएका हुन् ।कमला श्रेष्ठ (सौन्दर्यकला व्यवसायी संघ, नेपाल) र सुनिता न्हेम्हफुकी (नेपाल कृषि मेशिनरी व्यवसायी संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
एसोसिएट महिलातर्फ दुई पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । अभिज्ञा मल्ल (बुकिङ वेज नेपाल प्रा।लि), जमुना पौडेल (सन फिटिङ प्रा।लि), जुना माथेमा (सेवा सेक्युरेटिज प्रा।लि) र शोभा ज्ञवाली (ग्रिन हिल सिटी) ले उम्मेदवारी दर्ता गराएका हुन् ।


