CLI

नयाँ वर्षमा हायर ब्राण्डको अफरः फ्री गिफ्ट देखि बम्पर उपहार

काठमाडौं । नयाँ वर्षको अवसर पारेर हायरले आफ्ना फ्रिज, वासिङमेसिन, टीभी लगाएतका विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले विभिन्न उत्पादन खरिद गर्दा फ्री गिफ्ट, क्यासब्याकका साथै बम्पर उपहार जित्ने मौका पाउनेछन् ।

कम्पनीका अनुसार, रेफ्रिजेरेटर (फ्रिज) अन्तर्गत सिङ्गल डोर किन्दा माहाराजा ड्राइ आइरन, डबल डोर फ्रिज किन्दा महाराजा स्टिम आइरन र साइड वाइ साइड फ्रिजको खरिदमा हायर बाण्डकै ५० लिटरको फ्रिज उपहार स्वरुप उपलब्ध हुनेछ । त्यस्तै, वासिङ मेसिन खरिद गर्ने ग्राहकका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ । सेमि–अटो वा टप लोड वासिङ मेसिन किन्दा महाराजा ड्राइ आइरन उपलब्ध हुनेछ भने फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा माहाराजाको ५०० वाटको मिक्सर ग्रान्डर– नोभेलो उपहार स्वरुप प्राप्त हुनेछ ।

यसका साथै एयर कन्डिसनर (एसी) खरिद गर्दा ग्राहकले तीन हजार मूल्य बराबरको निशूल्क जडान सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै चेस्ट फ्रिजर र भीसी कुलर खरिद गर्ने ग्राहकले तोकिएको मूल्यमा २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै, माइक्रोवेभ ओभन र एलइडी टीभी खरिद गर्दा तोकिएको बजार मूल्यमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

हायरले नयाँ वर्षको अफरलाई अझ रोचक बनाउन ‘बम्पर अफर’ पनि ल्याएको समावेश गरेको छ । यसअन्तर्गत साप्ताहिक ‘लक्की ड्र’ मार्फत विजेतालाई महाराजा मिक्स्चर ग्राइन्डर उपहार प्रदान गरिनेछ । त्यस्तै, ‘ग्राण्ड प्राइज’ अन्तर्गत भाग्यशाली विजेताले हायरको ६५ इन्चको एलइडी टीभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसबाहेक ‘‘शेरय एण्ड विन’’ अफरअन्तर्गत ग्राहकहरूले हायर सिंगल डोर फ्रिज जित्न सक्नेछन् । यसका लागि भने तपाईंले हायरको पोस्ट आफ्नो फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्नुपर्नेहुन्छ । यो अफर चैत्र २३ गते अर्थात सोमबारबाट सुरु भएर सिमित अवधिका लागिमात्रै कायम हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यो अफरले नयाँ वर्षमा ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै थप लाभ प्रदान गर्नेछ । साथै यसले ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा समेत कम्पनीको छ ।

Leave Your Comment

Related News