CLI

एकैदिन ४ हजार ३ सयले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य  ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसर सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस, दिन चाँदी पनि १५० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदि प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave Your Comment

Related News