काठमाडौं । मोदी ईनर्जी लिमिटेडको संस्थापक समूह तथा कम्पनीको कर्मचारीहरुलाई र स्थानीय बासिन्दाहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी वैशाख ३० गते सकिने भएको छ ।
कम्पनीको कुल २ करोड ९० लाख कित्ता सेयरको लकइन अवधि सकिना लागेको हो । हाल कम्पनीको संस्थापकहरुको २ करोड १७ लाख ५० हजार कित्ता,स्थानीयको ८ लाख ४ हजार ३९० कित्ता र कर्मचारीहरुको ७६ हजार ७० कित्ता सेयर लकइनमा राखिएको छ ।
यी सेयरहरु लक इन खुले पछि दोस्रो बजारमा कारोबार योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।


