CLI

उद्योग तथा व्यवसायीको हितमा काम गर्न उम्मेदवारी दिएको छु : व्यवसायी दुर्गा सुवेदी

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा निर्बाचमा जुटेको छ । यहि २९ र ३० चैत काठमाणडौमा हुने महासंघको निर्बाचलाई आफ्नो पक्षमा पार्न ब्यासायीहरु देश दौडाहामा रहेका छन् । महासंघमा अहिलेका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बरिष्ट उपाध्यक्षले अघोसित रुपमा प्यानल नै बनाएर चुनाबी पर्तिस्पर्धामा लागेका छन ।

निर्वाचनको तयारी स्वरुप कार्गो अर्थात् कुरियर व्यवसायी दुर्गा प्रसाद सुवेदीले चुनावी अभियानलाई तीव्र बनाएका छन् । नेपाल कुरियर सेवा संघतर्फबाट मनोनयन दर्ता गराएका सुवेदीले आफनो पक्षमा मत बढी ल्याउने जमर्कोका साथ चुुनावी अभियान तीव्र बनाएका हुन् । वस्तुगत संघ सदस्यको प्रतिस्पर्धामा होमिएका सुवेदीले महासंघ र कुरियर व्यवसायीलाई व्यवस्थित गर्न आफनो उम्मेदवारी दिएको बताएका छन् ।
उनले उद्योग तथा व्यवसायीको हितमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।मुलुकको औद्योगिक र व्यवसायिक विकासको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्नेमा त्यसो हुन नसकेको कारण आफू महासंघमार्फत् आवाज उठाउने उनको भनाई छ ।

महासंघलाई अघि बढाउन तथा कतिपय उद्योग तथा व्यवसायी महासंघमा सक्रिय रुपमा सहभागीता जनाएको पाइदैन उनीहरुलाई समेत साथमा लिएर अघि बढाउनु आफनो दायित्व रहेको उनको भनाई छ । सुवेदीले आफनो पक्षमा उद्योग एवम व्यवसायीहरुको धेरै समर्थन रहेको बताएका छन् । उनले सरकारले विभिन्न उद्योग तथा व्यवसायमा लगाएको कर र छुट सुविधाको विषयमा माग राख्नु पर्ने समेत बताएका छन् ।
तीन दशक समय बिताइ सकेकासुवेदी नेपाली समाजमा परिचित व्यवसायी हुन् । स्नातक सम्म अध्ययन गरे पछि व्यवसायमा लागेका सुवेदीले कुरियर सेवा रोजेका थिए । कुरियर सेवामा निरन्तर काम गरेका सुवेदी हाल डिवाइके ग्रुपका अध्यक्ष हुन् । डिवाइके जसले कुरियर,लजिस्टीक, हस्पिटालिटी, उर्जा, घरजग्गा र सैलुन लगायतका सेवाहरु प्रदान गर्छ ।

सुवेदीले स्वदेश र विदेशमा रहेका विशेष गरी नेपालीहरुका लागि सहज होस् भन्ने उद्देश्यले कुरियर सेवा सञ्चालन गरेका छन् । प्राथमिकतामा नेपाली नागरिक रहे पनि विश्वका जुनसुकै मुलुकका नागरिकलाई सेवा दिने उद्देश्यका साथ उनले कुरियर सेवा सञ्चालन गरेका हुन् । फलस्वरुप सुवेदीले एपेक्स वल्र्डवाइड एक्सप्रेस प्रा.लि., एपेक्स वल्र्डवाइड एक्सप्रेस (भारत, अमेरिका) र एपेक्स ग्लोबल लोजिक्ट्रिक प्रा.लि नियमित रुपमा सञ्चालन गर्दै आएका छन् ।

आफूलाई कुरियरमा मात्र सीमित नराखी सुवेदीले मुलुकको हस्पिटालिटी क्षेत्रमा समेत योगदान दिएका छन् ।

Leave Your Comment

Related News