काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर सूचिकृत भएको छ । बिहीबार नेप्समा कम्पनीको ९८ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख कित्ता र संस्थापक समूहको ६६ लाख कित्ता सेयर सुचिकृत भएको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९४.७८ रुपैयाँदेखी २८४.३४ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो । नेप्सेले कम्पनीलाई ‘SIPD’ सिम्बोल दिएको छ ।


