CLI

इडेन गार्डेन्समा केकेआर र लखनउ भिड्दै: पहिलो जितको खोजीमा कोलकाता

काठमाडौं । आजको आईपीएल अन्तर्गत १५औँ खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा नेपाली समय अनुसार राती १९:४५ बजे सुरु हुने यस खेलमा दुवै टोलीका लागि जित निकै महत्वपूर्ण छ।

सिजनको सुरुवाती खेलहरूमा अपेक्षित नतिजा निकाल्न नसकेको कोलकाता आज आफ्नै मैदानमा पहिलो जितको खोजीमा हुनेछ भने पछिल्लो खेल जितेको लखनउ आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ।

Leave Your Comment

Related News