काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज वैशाख ७ गते सोमबार बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा कुल २७ लाख ८४ हजार ५ सय १९ जनाको आवेदन परेको थियो । ति मध्ये २६ लाख ३५ हजार ६ सय ३४ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ६८ हजार ४ सय ७५ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् । आवेदकले बिक्री प्रबन्धककको वेवसाइट, मेरो सेयर र सीडीएससीले रिजल्ट हेर्न बनाइएको https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् ।


