CLI

बेनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुला गरेको आइपीओ  बाँडफाँड गरेको छ । कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म स्थानीयलाई सेयर जारी गरेको थियो ।

कम्पनीले आयोजना प्रभावितलाई १० लाख ४० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये अति प्रभावितलाई ५ लाख २० हजार कित्ता, प्रभावितलाई ३ लाख १२ हजार कित्ता र न्यून प्रभावितलाई २ लाख ८ हजार कित्ता छुट्याइएको थियो ।

अति प्रभावित क्षेत्रबाट २ हजार ८३९ जनाले ९ लाख ५८ हजार ४१० कित्ताका लागि, प्रभावित क्षेत्रबाट ६ हजार ३४९ जनाले ८ लाख ४० हजार ८९० कित्ताका लागि र न्यून प्रभावित क्षेत्रबाट २१ हजार ९४५ जनाले १३ लाख १३ हजार ४२० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए ।

जसमध्ये अति प्रभावित क्षेत्रबाट १० देखि २०० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् । सोही क्षेत्रबाट २१० देखि ५ हजार कित्तासम्म आवेदन दिने १ हजार ५६४ जनाले थप २०० कित्ता र २१० देखि ५ हजार कित्ता आवेदन दिने थप १ हजार ४८४ जनाले थप १० कित्ताका दरले सेयर हात पारेका छन् ।

यता, प्रभावित क्षेत्रबाट ५० कित्तासम्मका लागि आवेदन दिने २ हजार जनाले माग अनुसार सेयर पाएका छन् । ६० देखि ३ हजार कित्तासम्म आवेदन दिने ४ हजार ३४९ जनाले थप ५० कित्ता सेयर हात पारेका छन् । साथै, ६० देखि ३ हजार कित्ताका लागि आवेदन दिने थप ४६ जनाले थप १० कित्ता सेयर पाएका छन् ।

यता, न्यून प्रभावित क्षेत्रका २० हजार ८०० जनाले भने १० कित्ताका दरले सेयर पाएका छन् ।

आवेदकले बिक्री प्रबन्धककको वेवसाइट, मेरो सेयर र सीडीएससीले रिजल्ट हेर्न बनाइएको https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् ।

Leave Your Comment

Related News