काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ६० औं साधारण सभा एवम निर्वाचनबाट निर्वाचित सदस्यहरुले बिहीबार शपथ लिएका छन् ।
बिहीबार महासंघको केन्द्रिय कार्यालय काठमाडौं टेकुमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरु, र्कासमिति सदस्य र सदस्यहरुले शपथ लिएका हुन् ।
निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै निर्वाचित पदाधिकारीसहित कार्यकारीणी सदस्यसहित अध्यक्ष श्रेष्ठले बिहीबार काठमाडौं टेकुस्थित महासंघको सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष रहिरहने व्यवस्था गरे पनि अब उक्त पद सेरेमोनियल रूपमा रहनेछ । निर्वाचित कार्यकारीणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।
अरु चार उपाध्यक्ष (दुईवटा जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्ष)सहित ६८ समूहगत कार्यकारीणी सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । श्रेष्ठ नेतृत्वको केन्द्रीय कार्यकारीणी समितिको पदावधि ३ वर्ष हुनेछ ।



