मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम गर्दै सौर्य ऊर्जा प्रणालीमार्फत गाउँपालिकाको आर्थिक भार कम गराउने उद्देश्यले हरित सौर्य ऊर्जा प्रयोगमा ल्याएको हो ।
गाउँपालिकाले हरित ऊर्जा प्रयोगमा ल्याएसँगै हरित ऊर्जा घोषणा गर्ने तयारी गरेको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण तथा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य असर पुग्ने र जलवायु परिवर्तनको असरले पारिस्थिति प्रणाली (इको सिस्टम) मा प्रभाव पार्ने भएकाले हरित ऊर्जा प्रविधि उपयोगी हुने गाउँपालिकाले जनाएको छ ।
यो प्रविधिबाट हरित ऊर्जा प्रयोगमा आएसँगै पालिकाभित्रका सबै प्रशासनिक शाखामा विद्युतीय कार्य गर्न हरित ऊर्जा प्रयोग गरिने अध्यक्ष विष्टले बताए । हरित ऊर्जा प्रविधिको प्रयोगले गाउँपालिकाको कार्यसम्पादनलाई सहज र विश्वसनिय बनाउने उनले विश्वास व्यक्त गरे ।


