काठमाडौं । बजेट प्रस्तुत गर्नुअघि सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ। दिउँसो २:३० बजे बस्ने बैठकले बजेटलाई अन्तिम स्वीकृति दिनेछ। त्यसपछि मात्रै संसद्मा बजेट पेश गरिने प्रक्रिया अघि बढ्नेछ।
नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हल, सिंहदरबारमा दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।


