RE
Global College

राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गरिने, राष्ट्रिय जीवन बिमाको आइपीओ जारी हुने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वित्तीय सुदृढीकरण र व्यवस्थापन सुधारका लागि विभिन्न संरचनात्मक परिवर्तन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

बजेटअनुसार राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिनेछ भने नेपाल वायुसेवा निगमलाई कम्पनी संरचनामा रूपान्तरण गरी व्यवस्थापन सुधार गर्ने योजना अघि सारिएको छ ।

त्यसैगरी राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीका सेयर सर्वसाधारणमा निष्कासन गर्ने घोषणा गरिएको छ।

यस्तै एचआइडीसीएललाई उद्देश्यअनुसार मिल्ने वित्तीय संरचनासहित पूर्वाधार क्षेत्रमा विशिष्टीकृत लगानी गर्ने व्यवस्था गरिनेछ।

सरकारले सार्वजनिक संस्थानहरूलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन केहीमा पूँजी वृद्धि गर्ने तथा केहीमा सरकारी सेयर विक्री (डिसइनभेस्टमेन्ट) गर्ने नीति लिएको छ। यसलाई सार्वजनिक संस्थान सुधारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

NECO

Leave Your Comment

Related News