RE
Global College

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुको पीपीए तत्काल सुरु गरिने

काठमाडौं । सरकारले लामो समयदेखि थाँति रहेको नेपाल बिमा प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

त्यसैगरी, नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण गरी तीन वटा छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिनेछ ।

बजेटअनुसार विद्युत खरिद सम्झौता (पीपीए) भइसके पनि निर्माण सुरु नगरेका आयोजनाको अनुमति खारेज गरिनेछ। साथै ‘टेक एन्ड पे’ मोडेलमा आधारित नयाँ पीपीए नीति लागू गरिनेछ।

त्यस्तै, १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरूको पीपीए तत्काल गर्ने व्यवस्था मिलाइनेछ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा विद्युत व्यापार गर्न पाउने व्यवस्था पनि सरकारले गर्ने घोषणा गरेको छ।

NECO

Leave Your Comment

Related News