CLI

तेल उत्पादन उद्योगलाई भन्सार महसुलमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले तेल उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आर्थिक विधेयक, २०८३ मा छुटको व्यवस्था गरिएको उल्लेख छ । बजेटअनुसार उपशीर्षक १२०१.९०.०० मा पर्ने भटमासको गेडा, १२०५.१०.०० मा पर्ने तोरी, रायो र क्यानोला (रेप्सिड) का गेडा, १२०६.००.०० मा पर्ने सूर्यमुखीका गेडा तथा १२०७.५०.०० मा पर्ने सस्युँका गेडा पैठारी गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइनेछ । सरकारले यस नीतिलाई स्वदेशी खाद्य तेल उद्योग प्रवर्द्धन गर्ने तथा उत्पादन लागत घटाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।

Leave Your Comment

Related News