CLI

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक  एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले वैशाख १७ गतेदेखि सोलुखुम्बुको सोलु दुध कुण्ड नगरपालिकाका स्थानीयलाई ८ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा अति प्रभाविततर्फ १५० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै सेयर पाएका छन् । त्यो भन्दा बढीको लागि आवेदन दिनेले पनि समान १५० कित्ता सेयर पाएका छन् । २९२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । यसरी अति प्रभाविततर्फ लगानीकर्ताले अधिकतम १६० कित्तासम्म सेयर पाएका छन् ।

त्यस्तै प्रभाविततर्फ  ६० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् । त्यो भन्दा बढीको लागि आवेदन दिनेले पनि समान ६० कित्ता सेयर पाएका छन् । १७७७ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । यसरी  प्रभाविततर्फ लगानीकर्ताले अधिकतम ७० कित्तासम्म सेयर पाएका छन् ।

 

Leave Your Comment

Related News