CLI

ग्रीनलाइफ हाइड्रोपावरको नाफा १४ प्रतिशतले वृद्धि

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खूद नाफामा वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको समीक्षा अवधि सम्ममा २ करोड ९४ लाख ११ हजार ७७ रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२४ प्रतिशत अर्थात् ३६ लाख ६५ हजार ७१५ रुपैयाँले बढी हो।

विद्युत बिक्री आम्दानी बढेकाले कम्पनीको नाफामा सुधार आएको हो। कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ९५ लाख ३५ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ करोड ५७ लाख ४५ हजार रुपैयाँ मात्र सीमित थियो।

१ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख ५६ हजार ४ रुपैयाँ सञ्चित छ।

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १ रुपैयाँ ९१ पैसाबाट बढेर २ रुपैयाँ १८ पैसा कायम भएको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि १०८ रुपैयाँ ७९ पैसाबाट वृद्धि भई १११ रुपैयाँ ३६ पैसा पुगेको छ।

Leave Your Comment

Related News