CLI

असार ३ बाट सर्वसाधारणका लागि आइपीओ ल्याउँदै माउन्ट एभरेष्ट पावर

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आउँदो असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई पूँजीको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता, स्थानीयलाई पूँजीको २० प्रतिशत अर्थात १७ लाख ७२ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पूँजीको १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता बाँडफाँड गरिसकेको छ ।

अब बाँकी सेयरमध्ये कर्मचारीलाई ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषलाई ८६ हजार कित्ता सेयर छुट्याएर १०० रुपैयाँ अंकित दरका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्नेछ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको ‘मेरो सेयर’ मार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

Leave Your Comment

Related News