CLI

बिधुत नियमन आयोगको अध्यक्ष देखी सदस्यसम्म नियुक्तिको लागि आवेदन दिने यी हुन आवेदक

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षको लागि १० जनाले  र सदस्यको लागि २२आवेदन दिएका छन् । बालेन सरकारले अध्यादेश मार्फत नियुक्त सबै राजनीतिक नियुक्ति खारेज गरेसँगै नियमन आयोगको अध्यक्ष र  र सदस्य  खाली रहेको छ । नियमन आयोगको अध्यक्ष र सदस्यको लागि सरकारले २०८३ जेठ ७ देखि आबेदन माग गरेको थियो । आबेदन माग गरेको अन्तिम दिन सम्नमा अध्यक्षको लागि १० जना र सदस्यको लागि २२ जना ब्यक्तिले आवेदन पेश गरेका छन् ।

अध्यक्ष पदको लागि आबेदन दिनेमा रुद्र प्रसाद गौतम भरतपुर महानगरपालिका ५ केशन अधिकारी ललितपुरर ११,डा राम प्रसाद धिताल सिन्धुपाल्चोक,रामेश्वर प्रसाद कलवाल पर्सा, मधुप्रसाद भेटवाट काठमाडौ, मोतीबहादुर कुँवर काठमाडौ, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी गोरखा १० गोरखा, नारायण प्रसाद अधिकारी भरतपुर१ , डा. शान्तीकला सुबेदी नागार्जुन  रहेक छन् । अध्यक्षको  लागि आबेदन दिएका राम प्रसाद धिताल यस अघि नियमन आयोगको अध्यक्षमा कार्यरत रहेका थिए ।

नियमन आयोगको सदस्यको लागि  आवेदन दिनेमा डा. शेखर अर्याल,राजिव कुमार सिंह  निरज्वल बस्नेत,  रुद्रप्रसाद सिटौला, जयराज भण्डारी,   ब्रजमोहन झा  सुरेश ब. भट्टराई,प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्मा , बिशाल सिलवाल ,राजिव दाहाल, बलराम सिलवाल, बिज्ञान श्रेष्ठ दिवाकर मल्लिक, अर्जुन कुमार गौतम, नरेन्द्र सिं भण्डारी, नारायण प्रसाद सापकोटा, कल्पमोहन सोती शान्तिकला सुवेदी कुशेधर प्रसाद साहु  रहेका छन् ।

छनौट समितिका अनुसार आवेदन पेश गरेका उम्मेदवारहरू मध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका उम्मेदवारहरूको दरखास्त स्वीकृत हुनेछन्  । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूमध्ये व्यावसायिक कार्ययोजनामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवारलाई मात्र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी गराइने समितिले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका छ। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन्

 

Leave Your Comment

Related News