काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
आगामी आर्थिक वर्षमा आर्थिक वृिद्धदर ५ प्रतिशत हुने अनुमान गरेको छ । चालु आवामा आर्थिक वृिद्धदर ३.८४ हुने अनुमान गरेको थियो । भने चालु आवमा प्रदेशको आर्थकि वृिद्धदर ३.१३ प्रर्तशत रहने प्रक्षेपण गररएको छ।
खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ सङ्कलन गरिने अनुमान छ।
भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यस क्षेत्रका लागि १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस अन्तर्गत बहुवर्षीय खानेपानीका लागि २४ करोड रुपैयाँ र थप दुई सय वटा खानेपानी आयोजनाका लागि २७ करोड रुपैयाँ खर्च गरिनेछ ।


