काठमाडौं । अर्थमन्त्री स्वणिम वाग्ले ले कुनै पनि राष्ट्रले आफ्ना सबैभन्दा ऊर्जाशील युवालाई निरन्तर विदेश पठाएर दिगो समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उनले आर्थिक बर्ष २०८३्\८४ बजेटमाथि सांसदले राखेको प्रशनको समग्र जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले जफाल दिने क्रममा सांसदले उठाएका बिषय उठाइएका प्रश्नहरू राजस्व, खर्च, ऋण, कर, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, लगानी, उद्योग, ऊर्जा तथा आर्थिक वृद्धिसँग सम्बन्धित भएको बताउदै बजेट केहि केही गम्भीर राष्ट्रिय प्रश्नहरूको उत्तर खोज्ने संकल्पका साथ ल्याएको बताए ।
उनले बजेट आगामी दशक पनि विप्रेषण, आयात र उपभोगकै भरमा अर्थतन्त्र चलाइरहने नभइ , उत्पादन, लगानी, नवप्रवर्तन र निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्ने ल्याएको बताए । उनले श्रमिकलाई विदेश पठाउने व्यवस्थापनमै सीमित रहने होइन सुरक्षित, मर्यादित, बीमायुक्त, कानुनी संरक्षणसहितको औपचारिक श्रम बजार निर्माण गर्न, श्रमिकलाई केवल वैदेशिक मुद्रा आर्जन गर्ने साधनका रूपमा हेर्ने नभइ राष्ट्रिय उत्पादकत्वको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने मार्ग चित्र बनाउन ल्याएको बताए ।
उनले बजेटले नेपालको आर्थिक विकासको दिशा, राज्यको भूमिका र अर्थतन्त्रको संरचनाबारे नयाँ सोच प्रस्तुत गरेको छ। यो बजेट नेपालको आर्थिक विकासको प्रतिमान परिवर्तन गर्ने गम्भीर प्रयास रहेको बताइका छन् ।
उनले भनेका छन् “विगत तीन दशकमा हाम्रो अर्थतन्त्र मुख्यतः विप्रेषण, आयात–आधारित उपभोग र सम्पत्ति मूल्यवृद्धिको आधारमा अघि बढ्यो। यसले अर्थतन्त्रलाई केही समय धान्यो, विदेशी मुद्रा सञ्चिति बढायो र लाखौँ परिवारको जीवनस्तर उकास्न मद्दत गर्यो। तर कुनै पनि राष्ट्रले आफ्ना सबैभन्दा ऊर्जाशील युवालाई निरन्तर विदेश पठाएर दिगो समृद्धि हासिल गर्न सक्दैन। कुनै पनि अर्थतन्त्रले उत्पादनभन्दा उपभोगलाई केन्द्रमा राखेर दीर्घकालीन विकास गर्न सक्दैन। र कुनै पनि समाजले उत्पादकत्वको स्थानमा सम्पत्ति मूल्यवृद्धिलाई स्थायी आधार बनाउन सक्दैन। त्यसैले आज नेपालको मुख्य चुनौती वृद्धि दर बढाउने मात्र होइनस वृद्धि दरको स्रोत परिवर्तन गर्ने हो।
त्यसैले, यो बजेटले उपभोग–आधारित अर्थतन्त्रबाट उत्पादन–आधारित अर्थतन्त्रतर्फ, आयात–निर्भर अर्थतन्त्रबाट प्रतिस्पर्धी अर्थतन्त्रतर्फ, र विप्रेषण–निर्भर अर्थतन्त्रबाट उद्यम, लगानी, नवप्रवर्तन तथा निर्यात–आधारित अर्थतन्त्रतर्फको संक्रमणको मार्गचित्र प्रस्तुत गरेको छ। हामीले वितरणमुखी राज्यबाट अवसर सिर्जना गर्ने राज्यतर्फ, संरक्षणमुखी संरचनाबाट प्रतिस्पर्धी संरचनातर्फ र आश्रित मानसिकताबाट आत्मविश्वासी अर्थतन्त्रतर्फको यात्रा प्रारम्भ गर्ने प्रयास गरेका छौँ।“
उनले गरिबीविरुद्धको सबैभन्दा दिगो नीति भनेको आम्दानी वृद्धि रहेको बताउदै । सरकारले सामाजिक सुरक्षा कायम राख्दै समृद्धि सिर्जनाको आधार विस्तार गर्न खोजेको उल्लेख गरेका छन् । उनी तप्छन् भोलिको गरिबी रोक्ने आधार भनेको उत्पादक रोजगारी, व्यावसायिक कृषि, प्रतिस्पर्धी उद्योग, गुणस्तरीय शिक्षा, सीप, नवप्रवर्तन र लगानी हो भन्ने विश्वासका साथ यो बजेट निर्माण गरेको उनको दावी रहेको छ ।


