CLI

ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन बनाउने बाटो खुल्यो

हेटौँडा। सरकारले ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । नेपाली नागरिकका लागि विद्युत लाइफलाइनको रुपमा रहेको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका अवरोध मन्त्रिपरिषद्को निर्णयबाट हटाइएको हो ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त प्रसारण लाइन विस्तारमा बाधक बनेको वनको जग्गालाई प्रयोग गर्न दिने निर्णय गरेसँगै अब ठूलो क्षमताको प्रसारण लाइन बन्ने र झ्याप झ्याप बत्ती जाने समस्या अन्त्य हुने मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलकाअनुसार मन्त्रिपरिषद्ले ुनेपाल विद्युत प्राधिकरणलाई हेटौंडा ढल्केबर ४०० केभी विद्युत प्रसारणलाइन आयोजनाको मकवानपुर खण्डको एलाइनमेन्ट परिवर्तनको लागि संलग्न सर्तहरुको पालना गर्ने सर्तमा वन ऐन २०७६ को दफा ४२९१० बमोजिम मकवानपुर जिल्लाको हेटौँडा १५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूह र बकैया– २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको राष्ट्रिय वनको २।२ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका १२९२ गोटा रुखरपोल हटाउन स्वीकृति दिनेु निर्णय गरेको हो ।

यो निर्णयका लागि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मात्रै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरेका थिए । साथै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यो निर्णयको महत्त्वबारे छलफल गरेका थिए । आम नागरिकलाई सुविधा पुग्ने खालको विषय भएकाले प्रधानमन्त्री शाह पनि तत्कालै निर्णय गर्न तयार भएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १२ वर्षदेखि रोकिराखेको ढल्केबर(हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको बताए । ‘ढल्केबर(हेटौँडा ट्रान्समिसन लाइन धेरै पुरानो हो । सुनसरीको इनरुवासम्मै पुग्ने यो लाइन ३०० सय किलोमिटर हाराहारी छ । यसमा राइट अफ वे को एकदमै समस्या छ,’ उनले भने, ‘लामो समयदेखि वनको क्लियरेन्स पाएका थिएनौं । यो तार तान्नको लागि । माथि आरओडब्लु (राइड अफ वे) भएको रुख पनि काट्नुपर्यो । किनभने यो चार सय केभीको हाइ भोल्टेज लाइन हो । दायाँबायाँ गरेर ४६ मिटरको राइट अफ वेय (मार्ग) हुन्छ । त्यहाँ परेका रुखहरु पनि काट्नुपर्यो । त्यो जग्गा भोगादेश पनि लिनुपर्यो । त्यहाँ वनको जग्गा पनि पर्छ ।

त्यसैले लामो समयदेखि अड्किरहेको थियो । अब अहिले क्याविनेटबाट पास भयो । यो धेरै राम्रो भयो । एउटा ब्रेक थ्रु गर्यो । त्यसले गर्दा चार सय केभी लाइन हेटौँडासम्म जोड्न सकियो भने हाम्रो हाइवे तयार भयो । हेटौँडादेखि ढल्केवर हुँदै इनरुवासम्म हाम्रो ठूलो साइजको हाइवे (ट्रान्समिसन लाइन करिडोर) बन्छ । पहिला हाम्रो १३२ केभीको मात्रै करिडोर थियो, हेटौडादेखि पूर्वसम्मै । अब यो चार सय केभीको ठूलो हाइवे भएपछि यसको फाइदा पटक पटक रुख लाग्ने, डिस्टर्ब हुने अनि सिस्टम जाने, झ्याप झ्याप वत्ती जाने भनेर जुन जनताको गुनासो आउथ्यो, त्यसलाई यसले धेरै हदसम्म सिस्टम सेक्युर्ड, सेफ र रोबस्ट (बलियो पावर ग्रिड हुन्छ ।

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार हेटौँडादेखि बुटवलसम्म २२० केभीको सर्किट बनिसकेको छ । त्यसले गर्दा इस्ट वेस्ट हाइवे मजबुत भयो भने यसले रिलायबली पनि बढाउने भयो । अनि हामीले वर्खाको बेलामा जति पनि विजुली बढी हुन्छ, खेर जान्छ त्यो पनि व्यापार गर्ने मुख्य विन्दु ढल्केवरबाट मुजफ्फपुर ४०० सय केभी क्रस बोर्डर लाइनसम्म पुर्याउन सक्छौं । हेटौडासम्म आउने र त्यहाँबाट पूर्व जान नसक्ने समस्या यो बनिसकेपछाडि बलियो पूर्वाधार बन्छ ।

यताको बिजुली पूर्व जान सक्ने भयो । पूर्वमा भएको बिजुली पश्चिमतिर समेत पुर्याउन सक्ने भयो । यो एउटा हाइवे तयार भयो । अहिले केही ठाउँहरुमा असहज थियो । अब यसको फाइदा भनेको हामीसँग बढी भएको बिजुली भारतलाई निर्यात पनि गर्न सक्यौं । रोबस्ट लाइन (बलियो पावर ग्रिड) झ्याप झ्याप बिजुली जाने, सिस्टम डाउन हुने, सिस्टम कोल्याप्स हुने, लामो समय सिस्टम रिस्टोर गर्नका लागि समय लाग्ने, जनताले दुख पाउने यो कुराहरुबाट हामी निस्कन्छौं , उनले भने ।

यो प्रसारण लाइन बनेपछि तीन हजार मेगावाटसम्म आपूर्ति हुने उनले बताए । ुअब हामीले टावरहरु इरेक्सन जडान गर्नुपर्छ । त्यसमा तार तान्नुपर्छ । ठूलो क्षमताको हाइवे लाइन हो । २५ सय ३ हजार मेगावाटसाम्म बोक्छ । त्यो तार हेटौडासम्म आयो भने पूर्वतिर ढल्केवर साइडमा एउटा औद्योगिक क्रान्ति पनि आउन सक्ने भयो । उद्योगहरुमा पावर पुर्याउन सक्ने सकिने हाइवेलाइन बनेपछि । उद्योगधन्दा फस्टाउने हुन्छ । भोल्टेजको समस्या र झ्याप झ्याप जाने समस्या पनि कम हुने भयो । हामीलाई बढी भएको पश्चिमतिरमा भएको बिजुली पूर्वसम्म ल्याउन सक्ने भयौं, उनले भने ।

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार काठमाडौँमा बढी भएको बिजुली त्रिशुली करिडोरमा जुन हाइड्रो पावरहरु छ, काठमाडौंमा राति खपत भएन भने हेटौँडामै आउँछ । १३२ केभीको मातातीर्थ कुलेखानी हुँदै पुरानो सर्किटबाट हेटौडा आउँछ । तर हेटौँडाबाट पूर्वतिर जान नसक्ने समस्या थियो । सानो लाइन भएर २०० मेगावाटमात्र जानसक्ने थियो । त्योभन्दा बढीको विद्युत पूर्व पठाउनै नसक्ने थियो । अब यो लाइन भयो भने २ हजार २५ सय मेगावाट जानसक्ने छ । हाइवे तयार भए पछि जति नै पावर बोकेर जान सक्ने हुन्छ ।

कामु कार्यकारी निर्देशक श्रेष्ठले अब प्रसारण लाइन निर्माण गर्नलाई डेढ महिना लाग्ने बताए । अधिकतम दुई महिला लाग्ला । दुई महिनापछि हाम्रो सिस्टम एकदम स्टेबल हुन्छ । बिजुली अझ बढी बेच्न सक्छौं । कहिलेकाही पूर्वमा भएको बिजुली बुटवलसम्म लान सक्छौं । बुटवलबाट पनि गोरखपुर क्रस बोर्डर लाइन बनाउँदैछौं । डिसेम्बरसम्म बनिसक्छ । हाम्रो लागि बुटवल र ढल्केवर सव स्टेसन महत्त्वपूर्ण हुन्छ, उनले भने, यसअघि बिजुली भएर पनि प्रभावकारी वितरण गर्न सकेका थिएनौं ।

पूर्वमा बढी भएको बिजुली पश्चिम पुर्याउन नसक्ने, पश्चिममा बढी भएको पूर्वमा पुर्याउन नसक्ने, बिजुली भए पनि व्यवस्थापन गर्न ट्रान्समिसन करिडोरहरु धेरै पुरानो भएकाले सानो क्षमताको भएकाले व्यवस्थापन गर्न गाह्रो भयो । यसले गर्दा पटक पटक सिस्टम पनि ट्रपिङ गराउने, जनतालाई गुणस्तरीय बिजुली पुर्याउन प्राधिकरणले नसक्ने थियो । अब रिलायबिटी र बढी बिजुली एक ठाउँबाट अर्को ठाउँमा ओसार्न मद्दत गर्नेछ, उनले भने ।

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार अब १६ वटा टावर निर्माण गरिनेछ । दुईवटा एमसीए नेपाल र १४ वटा प्राधिकरणले बनाउनेछ । यो काम आगामी दुई महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

Leave Your Comment

Related News