CLI

उर्जा र सञ्चार मन्त्री गौशला, पुरानो बानेश्वर क्षेत्र पुग्ने, अव्यवस्थित तार व्यवस्थापनको जानकारी लिने

काठमाडौं । सोमबार काठमाडौंका विभिन्न स्थानमा बिजुलीको पोलमा छरिएर रहेका तारको व्यवस्थापनलाई लिएर दुई मन्त्रीले अनुगमन तथा प्रगतिको जानकारी लिन लागेका छन् ।

सूचना तथा संचारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त रुपमा विभिन्न स्थानमा छरप्रष्ट भएको तार व्यवस्थापनको बारेमा अनुगमन गर्न ललागेका हुन् ।

मन्त्रीहरुले गौशला, पुरानो बानेश्वर, एयरपोर्ट र जडिबुटी लगायतका क्षेत्रमा अनुगमन गर्न लागेका हुन् ।
अविव्यस्थित तारका कारण काठमाडौंको सौन्दर्यमा असर गरेको तथा सर्वसाधारणमा समस्या भएको भन्दै सरकारले यसको व्यवस्थापन गर्दै आएको हो ।

Leave Your Comment

Related News