काठमाडौं । साहस ऊर्जा लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५१.८४ प्रतिशत धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८९ करोड ५१ लाख रुपैयाँ थियो । आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार आएको हो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब ६४ करोडबाट बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । वित्तीय खर्च ८० करोड २१ लाखबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । बिमा दाबीबाट पनि ३ करोड १० लाख आय भएको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्ष ३ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीमाथि रहेको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्तिको आकार १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम भएको छ।
हाइड्रोपावरको प्रतिसेयर आम्दानी २९.७२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.५८ रुपैयाँ छ ।


