CLI
Global College

माण्डु हाइड्रोपावरको नाफा ४१५.३२ प्रतिशतले बढ्यो

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा उक्त नाफा ४१५.३२ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी २० करोड ४७ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष ५३ करोड ९३ लाख रुपैयाँबाट बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँबाट बढेर ५ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५४ पैसाबाट बढेर २३ रुपैयाँ ३६ पैसा पुगेको छ। साथै, कम्पनीले १० प्रतिशत बोनस शेयर घोषणा गरेको छ।

कम्पनीका अनुसार ललितपुर–मकवानपुर सीमामा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना बाढीपहिरोपछि पुनर्निर्माण गरी पुनः पूर्ण सञ्चालनमा ल्याइएको छ। साथै, थप १० मेगावाट क्षमता विस्तार गर्दै कुल ३२ मेगावाटको पीपीए र सञ्चालन अनुमति प्राप्त गरिएको जनाएको छ।

Leave Your Comment

Related News