काठमाडौं । सरकारले रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरोका कारण उद्धारका लागि सबै हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न सरकारको निर्देशन दिएको छ ।
सरकारले सबै १२ वटा हेलिकोप्टर कम्पनीलाई निर्देशन दिएको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ । संघका अनुसार उद्धारका लागि सबै ३४ वटा हेलिकोप्टर तयारी अवस्थामा राख्न भनिएको हो ।
रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाइएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नरनगराउन आग्रह समेत गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।



