RE
Global College

दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेको वार्षिक साधारणसभा स्थगित भएको छ । भदौ १४ गतेका लागि आह्वान गरिएको साधारणसभा रसुवामा आएको बाढीका कारण सेयरधनीहरु उपस्थित हुन नसक्ने भन्दै स्थगित गरिएको हो ।

कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेका लागि साधारणसभा बोलाएको थियो । उक्त सभा भदौ १४ गते दिउसो २ बजेदेखि किम्ची रेष्टुरेन्ट अनामनगर, काठमाडौंमा आयोजना हुने कार्यतालिका रहेको थियो ।

भोटेकोशी खोलामा आएको बाढी पहिरोबाट प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत अन्य जिल्ला भएको ठुलो विपत्ति बाढीबाट हजारौ संख्यामा जनधनको क्षती लगायत भौतिक तथा आर्थिक क्षति भई देश नै शोकाकुल भएको अवस्थामा र केही कम्पनीको सेयरधनीहरुबाट वार्षिक साधारण सभामा उपस्थित हुन नसक्ने जानकारी सहितको अनुरोध कम्पनीमा भएको हुँदा उक्त असहज परिस्थीतिको कारण निर्धारित वार्षिक साधारणसभा अर्को सुचना नभए सम्मको आगि स्थगन गरिएको कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News