काठमाडौं । ‘रिलायबल नेपाल एग्रो लिमिटेड’ ले शतप्रतिशत शुद्ध स्वास्थ्य श्री प्रिमियम तोरीको तेल उत्पादन गरेको छ ।बिमा, बैकिंग तथा व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तीत्वहरुबाट पब्लिक लिमीटेड कम्पनीको रुपमा स्थापना गरिएको ‘रिलायबल नेपाल एग्रो लिमिटेड’ ले गुणस्तरीय खाद्य उत्पादन मार्फत नेपाली उपभोक्तालाई विश्वसनीय उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीले आफ्नो प्रिमियम उत्पादन “स्वास्थ्य श्री” उच्च गुणस्तरिय तोरीको तेल नेपाली बजारमा प्रस्तुत गरेको हो ।
तोरीको उत्पादन, प्रशोधन तथा उपभोगको लागी उपयुक्त मानिएको चितवन जिल्लाको खैरहनीमा अत्याधुनिक प्रविधिमार्फत तेल उत्पादन गर्ने प्लाण्ट स्थापना गरि कम्पनीले तेल उत्पादन गरेको छ । कम्पनीले तेलका साथै अन्य कृषि जन्य खाद्य पदार्थ उत्पादन गर्दै आएको यस कम्पनीले स्थानिय कृषि उत्पादनको विकास, कृषि उत्पादनको सहज बजारीकरण, कृषकहरुमा व्यावसायिक कृषि प्रति जागरुकताको काम समेत गरेको छ । कृषि उत्पादन तथा उपजको विकास र बजार प्रवर्धनको साथसाथै चितवन जिल्लामा उत्पादित प्राकृतिक एवं शुद्ध तोरीको तेलको पहुच देश भर उपलब्ध गराउने उद्देश्य कम्पनीको रहेको छ । स्थानीय उत्पादन, आधुनिक प्रविधि र गुणस्तरीय उत्पादन प्रक्रियालाई संयोजन गर्दै खैरहनी, चितवनलाई नेपालकै भरपर्दो तेल उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने कम्पनीको दीर्घकालीन दृष्टिकोण समेत रहेको छ।
‘स्वास्थ्य श्री’ प्रिमियम तेल पहिलो प्रेसिङ प्राकृतिक स्वाद र मौलिक सुगन्ध
स्वास्थ्य ‘श्री प्रिमियम फ्रस्र्ट प्रेस्ड’ तोरीको तेल उत्कृष्ट गुणस्तरका तोरीका दानाबाट पहिलो प्रेसिङ ÷ एक्स्पेलर प्रक्रिया बाट उत्पादन गरिन्छ । यस तेलमा पिनाबाट निस्किएको तेल नमिसाइएको हुँदा तेलमा तोरीको प्राकृतिक गुण यथावत कायम रहने छ । जसले गर्दा खानाको स्वादमा समेत फरक मिठास दिने कम्पनीले जनाएको छ । यस प्रक्रियाले तेलमा तोरीको मौलिक स्वाद, सुगन्ध तथा प्राकृतिक गुणलाई कायम राख्ने छ । यो प्रविधि आधुनिकको साथै उच्च गुणस्तरिय रहेको छ , जसले गर्दा भान्सालाई स्वस्थ्य र वास्नायुत्त बनाउने छ ।
यस उत्पादनमा कुनै ‘परिरक्षक पादर्थ’ तथा केमिकल मिसावट गरिएको छैन । प्राकृतिक शुद्धतालाई प्राथमिकता दिइएको यो ते दैनिक खाना पकाउने प्रयोजनका साथसाथै आम नेपाली भान्सामा पाक्ने परिकारको वास्तविक गुण तथा स्वादलाई कायमै राख्दै परिवारको स्वास्थ्य लाई समेत ध्यानमा राखि तयार गरिएको कम्पनीले जनाएको छ ।
दैनिक खानपानमा प्रयोग हुने तेलको गुणस्तरप्रति उपभोक्ताको सचेतना बढ्दै गएको अवस्थामा ‘स्वास्थ्य श्री प्रिमियम फ्रस्र्ट प्रेस्ड’ तोरीको तेलले प्राकृतिकता, शुद्धता र गुणस्तरलाई प्राथमिकतामा राखेको छ ।

गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य
‘रिलायबल नेपाल एग्रो लिमिटेड’ ले ‘स्वास्थ्य श्री’ ब्रान्डमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय खाद्य उत्पादन उपलब्ध गराउदै आएको छ । कम्पनीले हाल बिग मार्ट, भाटभटेनी, मेट्रो मार्ट, केके मार्ट, ब्लु मुन डिपार्टमेण्ट स्टोर, अल्फाज मार्ट लगायतमा उपलब्ध छ । यसका साथै चितवन, पोखरा, धनगडी, गोरखा, काठमाण्डौ, भक्तपुर, ललितपुर लयाएत देशका अन्य क्षेत्रमा रहेको किराना तथा खाद्यान्न पसलहरुबाट आफ्नो उत्पादन सहजै खरिद गर्न सकिने छ । कम्पनीले सर्वसाधारणले सहजै तेल पाउनु भन्ने उद्देश्यले मार्ट, किराना देखि खुद्रा पसलमा समेत तेल उपलब्ध ग राएको हो ।
स्वास्थ्य श्री तोरीको तेलको ’मुख्य विशेषताहरू
‘फ्रस्र्ट प्रेस्ड/ पहिलो प्रेसिङ’ मार्फत् नेपालमा उत्पादित पहिलो तेल हो । कुनै परिरक्षक पदार्थ तथा केमिकल मिसावट नगरिएको शुद्ध प्राकृतिक तोरीको तेल हो ।
उपभोक्तालाई तोरीको मौलिक स्वाद र सुगन्ध प्राप्त गर्ने छन् । गुणस्तरीय तोरीका दानाबाट उत्पादन गरिएको तथा पहिलो पटकको पिनालाई हटाइएको । आधुनिक उत्पादन तथा फिल्ट्रेसन प्रक्रियाबाट उत्पादन गरिएको हुँदा शुद्ध र सफामा शतप्रतिशत रहेको । र नेपाली परिवारको दैनिक खानपानलाई लक्षित गुणस्तरीय उत्पादन लगायतका प्रशस्त विशेषता भएको स्वास्थ्य श्री तोरीको तेल हो । एक पटक प्रयोग गरेपछि उपभोक्ता तथा सर्वसाधारणहरुले अन्य तेल खोज्नु नपर्ने स्वास्थ्य श्री तेल हो ।




