RE
Global College

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा समेत आह्वान

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले २९ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । कम्पनीको उक्त सभारणसभा असोज २७ गते होटल क्रिष्टल पशुपति गौसलामा बिहान १० बजे सुरु हुने छ ।

त्यसैगरी बोनस सेयर जारी गर्दा खण्डिकृत भएका खण्डित सेयर सम्बन्धित सेयरधनीको नाममा जगेडा राख्ने, बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । त्यसैगरी यस कम्पनीको लगानी रहेका सहायक कम्पनीहरुले निर्माण गर्ने आयोजनाहरुका लागि कर्पाेरेट ग्यारेन्टी दिने प्रस्ताव पनि सभामा लैजाने कार्यसूची रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १३ गते एक दिन बूक क्लोज गर्नेछ ।

NECO

Leave Your Comment

Related News