RE
Global College

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयलले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यो लाभांश पारित गर्न कम्पनीले आउँदो असोज १९ गते ३५ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यो हकप्रद निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ।

बोनस शेयर वितरणपछि कम्पनीलेको चुक्ता र जारी पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। त्यसपछि पुनः धितोपत्र बोर्डमा हकप्रद निष्कासन गर्न निवेदन दिने कम्पनीले जनाएको छ।

यसैगरी सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

NECO

Leave Your Comment

Related News