Global College

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडौं । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन्। तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने भएका छन् । फ्रान्स, जर्मनी, इटाली, क्यानाडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ। चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनुहुनेछ। ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ।

सम्मेलनमा ऊर्जा खपतको विद्युतीकरण बढाउने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने युरोपेली सङ्घ ९इयु० को जोडबीच बहस हुने अपेक्षा गरिएको छ। सन् २०२३ मा जीवाश्म इन्धनबाट टाढिने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन्।

 

NECO

Leave Your Comment

Related News