काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १३ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद घाटा व्यहोरेको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले सञ्चालन आम्दानीबाट ६१ करोड ९ लाख ७६ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ४ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कुल नाफा १ करोड ६३ लाख ५७ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको बिक्री लागत ५९ करोड ४६ लाख १९ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको प्रशासनिक खर्च २ करोड २२ लाख ८५ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च ३ करोड ५३ लाख ६२ हजार रुपैयाँ रहेको छ। जसका कारण कम्पनीको सञ्चालन नोक्सानी ३ करोड ७१ लाख २९ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय लागत ६ करोड ९१ लाख ९० हजार रुपैयाँ रहेको छ। वित्तीय लागतको उच्च भारका कारण कम्पनीको करअघिको नोक्सानी १० करोड ६३ लाख १९ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने कुल इक्विटी ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको दीर्घकालीन कर्जा ४ अर्ब ८० करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जा ३३ करोड १७ लाख रुपैयाँ रहेको छ। यसले कम्पनीमा वित्तीय लागतको दबाब कायम रहेको देखाउँछ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशत शेयर नेटवर्ट १२५ रुपैयाँ ४८ पैसा र तरलता अनुपात ३.५७ गुणा रहेको छ ।



