Global College

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश विदेशी विनिमयको मूल्यमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा रहेको थियो ।

त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा रहेको थियो ।  त्यस्तै आज युके पाउन्ड स्ट्रलिङको मूल्य पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा रहेको थियो ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ६९ पैसा बिक्रीदर ३९८ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९० रुपैयाँ १४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

NECO

Leave Your Comment

Related News