Global College

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

काठमाडौं । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू–भागको मौसम मुख्यतया सफा छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज बिहीबार पनि देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

NECO

Leave Your Comment

Related News