काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म ९४ वटा उजुरी फर्छ्यौट गरेको छ।
बीमा प्राधिकरणले फैसला र सहमतिमार्फत ती उजुरी फर्छयौट गरेको हो। जसअनुसार फैसलामार्फत ७५ वटा र सहमतिमार्फत १९ वटा उजुरी फछ्र्यौट भएका छन्।
प्राधिकरणमा असोजसम्म ३९३ वटा उजुरी परेका छन्। जसमा गत आर्थिक वर्ष २०८२।८३ बाट सरिआएका ३१९ वटा उजुरी छन्। चालु आर्थिक वर्षको असोजसम्म भने केन्द्रीय कार्यालयमा ५४ वटा र प्रदेश कार्यालयमा २० वटा गरी ७४ वटा उजुरी परेका छन्। अझै २९९ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ।
गत आर्थिक वर्षमा प्राधिकरणले ६०० वटा उजुरीमध्ये २८१ वटा उजुरीमात्रै फर्छ्यौट गरेको थियो। उजुरी फर्छयौट दर ४७ प्रतिशतको हाराहारीमा देखिन्छ।



