Global College

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्दै उनले यस सिजन ह्याट्रिक लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

सन्दीपले पोखराविरुद्ध १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनी एनपिएलको इतिहासमा ह्याट्रिक लिने चौथो खेलाडी बनेका छन् ।

यसअघि विराटनगरकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

पोखराविरुद्ध सन्दीपले ३ ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिए । उनको घातक बलिङसँगै पोखराको मध्यक्रम धराशायी बनेको थियो ।

यससँगै सन्दीप एनपीएलको तेस्रो संस्करणमा एकै खेलमा ६ विकेट लिने पहिलो बलरसमेत बनेका छन् । यसअघिका पाँच खेलमा एक विकेट मात्र लिन सकेका उनले छैटौँ खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै ६ विकेट हात पारे ।

एनपीएलको इतिहासमा यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए ।

NECO

Leave Your Comment

Related News