Global College

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, लाखौँको क्षति

काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बिहानको समयमा भएको आगलागीबाट रेस्टुरेन्टका भौतिक संरचना तथा विभिन्न सामग्री जलेर नष्ट भएका छन्।

भवनको माथिल्लो तलाबाट अचानक आगो र कालो धुवाँको मुस्लो निस्किएपछि आसपासका स्थानीय बासिन्दा त्रसित बनेका थिए। आगलागीको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल तथा स्थानीय बासिन्दा घटनास्थलमा पुगेका थिए।

सुरक्षाकर्मी, दमकल र स्थानीयको संयुक्त प्रयासमा केही समयमै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा आएकाले मानवीय क्षति भने हुन नपाएको सुरक्षा निकायले जनाएको छ।

आगलागीको यकिन कारण खुल्न सकेको छैन। प्रारम्भिक रूपमा विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

प्रहरीका अनुसार घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

 

NECO

Leave Your Comment

Related News