पूर्वाञ्चल ल्युव आयलको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सभा २०८१ साल असोज ९ गते, बुधवार (तदनुसार सन २०२४, एअरपोर्ट होटेल, सिनामंगल, काठमाण्डौमा  विहानको १०:०० बजे बोलाएको छ ।

साधारणसभामा  आर्थिक बर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुने संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०/८१ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने, लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको कर सहित १०.५२६ प्रतिशत वरत्ने हुने रु. ३,१५,७८,०००/- बराबरको नगद लाभांशको प्रदान गर्ने लगायतका प्रस्ताव माथि छलफलगरी पारित गर्ने छ ।

साधारणसभाको बिशेष प्रस्ताबमा प्राथामिक शेयर निष्काशन गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

प्रबन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोधन / थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार