काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका बिभिन्न स्थानमा भूमिगत विद्युत प्रसारण लाइनको काम गर्न बिधुत सेवा अबरुद्द गर्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सुचनामा रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने उल्लेख छ । रत्नपार्क बितरण केन्द्रका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गर्ने कार्य भएरहेको छ ।
रत्नपार्क बितरण केन्द्र अन्तर्गत महाबौद्ध फिडरमा पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६.३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।
यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौं प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म बिहान ६:३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । ‘तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउने प्राधिररणको सुचनामा उल्लेख छ । बिधुतिय लाइन भुमिगत गर्दा लाईन काटिन गई सेवाग्राहीमा पर्ने असर प्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।