आँखुखोला जलविधुत कम्पनीको हकप्रदबाट नबिकेको  शेयर लिलाम बढाबढमा बिक्रिमा

काठमाडौं ।  आँखुखोला जलविधुत कम्पनीले हकप्रदबाट  नबिकेको  शेयर लिलाम बढाबढ मार्फत  बिक्रि गर्ने भएको छ  । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर असोज ११ देखि असोज २० गतेसम्म लिलाम गर्न लागेको हो।

कम्पनीको  लिलाम बढाबढ मार्फत शेयर बिक्रिको  लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले अबितरित शेयरको  न्युनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ कायम गरेकोले सो शेयर खरिद गर्न चाहने खरिद कर्ताले  १०० भन्दा बढि  मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । बोलकबोलमा बढी मूल्य कबोल गर्ने निदेदकले सो शेयर पाउने छन् । बढी मूल्य कबुल गर्नेले सो शेयरमा पुरै आवेदन नआएमा दोस्रो धेरै मूल्य कबुल गर्नेले शेयर पाउने छ ।

शेयर खरिद गर्ने चाहने खरिदकर्ताले लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै नबिल बैंकको विर्तामोड, विरगंज, हेटौडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगंज, बराहताल सुर्खेत, र धनगढी शाखाबाट  आवेदन दिन सकिने छ ।

कम्पनीले साउन २७ देखि भदौ १६ गतेसम्म १:१.५०  को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको थियो।  हकप्रदमा  १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर लिलाममा आउन लागेको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार