RE
Global College

सर्वोत्तम सिमेन्टको निशुल्क स्वास्थ्य शिविर सम्पन्न १ सय भन्दा बढीको उपचार

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित सर्वोत्तम ईष्ट प्राईभेट कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए। सो अवसरमा स्वास्थ्य जाँच गराएका सहभागीलाई कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको थियो ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगी सहित स्वास्थय कर्मीले चेकजाँच गरेक थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, कारखाना अबस्थित  वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु सहभागीता रहेको थियो ।

आफ्नो  सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताएको छ  । आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News