RE
Global College

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारणसभा हुँदै, कार्तिक २१ गते बुक क्लोज

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा मंसिर ६ मा बनोलाएको छ ।

कम्पनीको साधारणसभा प्रयोजनार्थ कार्तिक २१ गते बुक क्लोज हुनेछ। अत कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र साधराण सभामा भाग लिन सक्ने छन् । कम्पनीले यो बर्ष  लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको साधारणसभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,कम्पनीको आ. व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आ. व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् ।

 

NECO

Leave Your Comment

Related News