मध्य भोटेकोशी जलविद्युतको नोक्सानी १ करोड बढी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको नोक्सानी ४५ लाखले बढेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी १ करोड १६ लाख २४ हजार व्यहोरेको छ  । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नोक्सानी ७१ लाख १४ हजार व्यहोरेको  थियो ।

जलविद्युत कम्पनी सञ्चालनमा नआउँदा आम्दानी हुन सेकेको छैन , जसले गर्दा सञ्चालन खर्च, प्रतिशेयर आम्दानी ऋणत्मक रहेको छ । आयोजना सञ्चालनमा नआउदा कम्पनीको सूचकहरु ऋणत्मक देखिएको तर आयोजना सञ्चालनमा आए पछि भने प्रतिशेयर आम्दानी तथा नेटवर्थ दुवै वृद्धि हुने कम्पनीका अधिकारीहरु बताउछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नोक्सानी १ करोड १६ लाख ३५ हजार रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा सञ्चालन नोक्सानी ९६ लाख ४२ हजार रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति २० अर्ब ४७ करोड ९७ लाख, कुल दायित्व ५७ करोड ७१ लाख र इक्विटी ५ अर्ब ५७ करोड ४० लाख रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ७८ पैसा ऋणत्मक, प्रति शेयर नेटवर्थ ९२ रुपैयाँ ९० पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य ३४१ रुपैयाँ ३३ पैसार र तरलता अनुपात ०.५९ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार